यी हुन् भैंसीमाथि चढेर उम्मेदवारी दर्ता गर्ने नेता
काठमाण्डौं । कहिलेकहीँ रोचक कुरा सुन्न पाईन्छ । भारतमा एक जना पञ्चायत चुनावका लागि भैंसीमाथि चढेर उम्मेदवारी दर्ता लागि पुगेका छन् । अहिले यो समचार सामाजिक संजालमा भाइरल बनेको छ ।
भारतको बिहार राज्यको पञ्चायत चुनावका लागि कटिहार जिल्लाको रामपुरका आजाद आलम उर्फ गुड्डू आइतबार भैंसीमाथि चढेर उम्मेदवारी दर्ता लागि पुगेका हुन् ।
भैंसीमाथि चढेर आएको देखेपछि सुरक्षाकर्मीहरूले उनलाई रोकेका थिए । भारतीय सञ्चारमाध्यमले भने जनता र मिडिया ‘अटेन्सन’का लागि उनले भैंसीमा चढेर उम्मेदवारी दर्ता गर्न पुगेको दावी गरेका छन् । उनी रामपुर पञ्चायतको मुखिया पदका लागि उम्मेदवारी दर्ता गर्न पुगेका थिए । बिहारमा यही सेप्टेम्बर २४ देखि डिसेम्बर १२ सम्म ११ चरणमा पञ्चायत चुनाव हुँदैछ ।
“म एक गोठालो हुँ । गरिब किसान हुँ । पेट्रोल, डिजेल किन्न सक्दिनँ । सवारीको कुनै उपाय नभएपछि भैंसीमा चढेर आएको हुँ,” उनको भनाइ उद्धृत गर्दै अन्तराष्ट्रिय समाचार माध्यमहरूले लेखेको छन् । उनले आफूले जितेमा किसान, मजदुर तथा गरिबका लागि काम गर्ने बताएका छन् ।
हेर्नुहोस भिडियो
#WATCH | Bihar Panchayat Polls 2021: Azad Alam, a candidate from Katihar district's Rampur panchayat arrived to file his nomination on a buffalo yesterday pic.twitter.com/CBIF0bbqPl
— ANI (@ANI) September 13, 2021
Facebook Comment