बेलायती प्रधानमन्त्री जोन्सनलाई मातृ शोक

डिसी नेपाल
२९ भदौ २०७८ २२:०९

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शेक परेको छ । उनकी माता कार्लोट जोन्सन वाहलको ७९ बर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनी व्यवसायिक चित्रकार थिइन् ।

उनलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले दुःख दिदै आएकोमा अहिले उपचार सफल नभइ उनको निधन भएको हो ।

स्थानीय सञ्चार माध्यमहरुले असामयिक रुपमा उनको निधन भएको र त्यसप्रति धेरैले दुःख व्यक्त गरेको समाचार प्रकाशन गरेका छन् । लेबर पार्टीका नेता सिर कैर स्तारमरले प्रधानमन्त्री जोन्सनको आमाको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले जोन्सन परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *