त्रिविले भन्याे भाैतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नु

डिसी नेपाल
१ असोज २०७८ ७:२१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आजबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

त्रिविले सम्बद्ध क्याम्पस, विभाग र स्कुलहरूमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी‚ स्थानीय निकायसँग समन्वय गरेर जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ ।

कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषदले भदौ २७ गते निर्णय गरेको थियो । त्रिविले जारी गरेको सूचनामा‚ स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहने गरी कक्षा सञ्चालन गरिने पष्ट गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *