कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

डिसी नेपाल
२ असोज २०७८ ९:४९

काठमाडाैं । नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए।

काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन्। काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा एक सय ३८ वडा छन्। काठमाडौँमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *