संसदकाे कार्यसम्पादन प्रति आफै पनि खुसी छैन : सभामुख सापकाेटा

डिसी नेपाल
२ असोज २०७८ १४:५५
200
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसम्पादनबाट आफू खुसि हुन नसकेको बताएका छन्। शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको कार्यक्रममा बोल्दै उनले कार्यसम्पादनमा सुधार गर्नु पर्ने ठाउँ रहेको बताएका हुन्।

आफू सभामुख भएको दुई वर्षको अवधिमा दलहरुको आन्तरिक लोकतन्त्रमा समेत कमी आएको महशुस गरेको उनले बताए। उनले भने, ‘ ‘मैले सभामुखको जिम्मेवारी सम्हालेको करिब २ वर्ष हुन लाग्यो। मलाई गहिरो गरी अनुभूत भएको छ, सबैमा जिम्मेवारी वोध, कर्तव्य वोधको कमीका साथसाथै आन्तरिक लोकतन्त्र कमजोर भएको छ, दलहरुमा पनि।’

‘कार्यसम्पादनमा कति चुस्त कति वैज्ञानिक सुधार गर्नुपर्नेछ’ सभामुख सापकोटाले भने, ‘संसदको प्रभविकारिताको कुरा गर्ने हो भने म आफैं पनि पूर्ण सन्तुष्ट छैन।’ आफू यसमा केन्द्रीत रहेर काम गर्ने उनको भनाइ थियो।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संविधान कार्यान्वयनका लागि जनताले अनुभूत गर्ने गरी काम गर्नुपर्ने बताए। ‘त्यसमा हामी सांसदहरु बढी जिम्मेवार छौं । इतिहासको कठघरामा आनन्दित हुन अहिलेको काम गराइले सकिदैन।’

कानुन नबन्दा कतिपय मौलिक हक समेत कार्यान्वयन हुन नसकेको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *