आधिकारिक ट्रेड युनियनमा निजामति कर्मचारी संगठनले नयाँ पदाधिकारी पठाउँदै, माओवादीबाट आएका थपिने

डिसी नेपाल
२ असोज २०७८ १५:१५

काठमाडौं । कर्मचारी संगठन नेपाल निजामति कर्मचारी संगठनले आधिकारिक ट्रेड युनियमा आफ्नो संगठनका तर्फबाट गएका पदाधिकारी र सदस्यहरुलाई फिर्ता बोलाएको छ।

काठमाडौंमा आज बसेको केन्द्रीय कमिटी बैठकले पुराना पदाधिकारी र सदस्यहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो ।

नेकपा माओवादी निकट कर्मचारी संगठनबाट बादल समूह छुटिएर निजामति कर्मचारी संगठनमा समाहित भएको छ। माओवादीबाट आएका सहित गरी नयाँ नाम पठाउन लागेको हो।

यस अघि पठाएको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ११ जना प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय गरेको हो। हाल आधिकारिक ट्रेड युनियनको कार्यवाहक अध्यक्षमा भोला पोखरेल रहेका छन्। तत्कालीन अध्यक्ष पुन्य ढकाल उपसचिवमा बढुवा भएपछि उनले कार्यवाहक समाल्दै आएका हुन्।

शनिवार बसेको नेपाल निजामति कर्मचारी संगठनको केन्द्रीय समिति बैठकले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा संगठनका अध्यक्ष केदार देवकोटालाई पठाउने निर्णय गरेको छ।

अब आधिकारिक ट्रेड युनियनको अध्यक्ष केदार देवकोटा, उपाध्यक्ष जीवन काफ्ले, कोषाध्यक्ष रेणुका केसी सिफारिस भएका छन्। त्यस्तै सदस्यहरुमा ललित मल्ल, गौतम पोखरेल, तेजप्रसाद, विवेक घिमिरे, कृष्णवहादुर केसी र माओवादी बाट आएका दुई जना सदस्यको नाम पठाइने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *