नेपालले अन्तिम खेलमा ओमानको सामना गर्दै
काठमाडौं।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज आइतबार ओमानसँग अन्तिम खेल खेल्दै छ।नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।
ओमानमा भइरहेको सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ।पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपाल अमेरिकासंग४ विकेटले पराजित भएको थियो।
पहिलो सिरिजमा ओमनसंग हार ब्यहोरेको नेपाल आज बदला लिने दाउमा रहेको छ। ओमान भने,लगातार दोस्रो जीत निकाल्न चाहन्छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment