फुटबल र क्रिकेटका दुबै कप्तान प्रवल जनसेवा श्रीबाट सम्मानित

डिसी नेपाल
३ असोज २०७८ १०:४४
76
Shares

काठमाडौं। सरकारले आईतबार संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ। जसमा राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमको आयोजना गरि कप्तानद्धय सहित संविधान दिवसका अवसरमा सम्मानित सम्पुर्णलाई विभुषित गर्ने कार्यक्रम रहेको छ।

अहिले दुबै कप्तान देशको  प्रतिनिधित्व गर्दै अहिले विदेशी भुमिका छन् । चेम्जोङ् अक्टोबरमा हुने साफ च्याम्पियन सिपको बन्द प्रशिक्षण गर्न कतारमा छन्। मल्ल आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्न ओमानमा छन्।सरकारले संविधान दिवसको अवसर पारेर प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई विभुषित गर्दै आएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *