संविधानतः पाएको अधिकारको प्रयोग गरी जनतालाई सुशासन दिलाउँ : अध्यक्ष ब्याञ्जु

डिसी नेपाल
३ असोज २०७८ १०:४७

काठमाडौं । नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठले संविधान दिवसको शुभकामना दिएका छन्। संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उनले स्थानीय तहले संविधानतः पाएको अधिकारको प्रयोग गरी जनतालाई सुशासन दिलाउने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा उनले भनेका छन्, ‘संविधानले तीन तहको सरकार निर्माण गरेको छ। र सह अस्तित्व सहकार्य र साखेदारिताको सिद्धान्त अनुरुप सामाजिक आर्थिक रुपान्तरणको माध्यम द्वारा लोकतान्त्रिक सबल स्थानिय सरकार, सुशासन, बिकास र नयाँ नेपालको लागि आधारभुत मानबिय आवस्यकता परिपुर्ति भै मानव जिवनको समृद्धि गराउन सफल होस।’

नेपालभरका नगरपालिकाको संघठन नगरपालिका संघका अध्यक्ष ब्याञ्जुले कोरोना महामारीमा नगरपालिकाहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आउने दिनमा पनि जनताको स्वास्थ्य, शिक्षालगायतका मौलिक हकमा स्थानीय तह अग्रस्थानमा रहेर काम गर्ने बताएका छन्।

नेपालमा रहेका छ महानगर, ११ उपमहानगर र २७६ नगरपालिकाका साथै स्थानीय तहले हरेक एक नागरिकको व्यक्तिगत लेखाजोखा राखि उनीहरुको सेवामा समर्पित हुन नयाँ संविधानले दिएको सरकारको मान्यतालाई आत्मसाथ गरी स्थानीय तहमै सरकार भएको अनुभूति नागरिकलाई गराउनु पर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *