वीर अस्पतालका डा.अशेष ढुंगानाद्धारा प्रबल जनसेवाश्री पदक अस्वीकार

डिसी नेपाल
३ असोज २०७८ १७:५८
1.3k
Shares

काठमााडौं । वीर अस्पतालका छातिरोग विशेषज्ञ डा. अशेष ढुंगानाले सरकारले दिएको पदक अस्वीकार गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै पदक अस्वीकार गरेको घोषणा गरेका हुन्।

डा ढुंगानाले फेसबुकमा लेखेका छन्, “पदक पाउने सम्पूर्ण महानुभावहरूलाई बधाई ज्ञापन गर्दै नेपाल सरकारले भाविष्यमा प्रदान गर्ने पुरस्काररमानरपदवीरसम्मानहरू विवादरहित रहोस भन्ने कामना गर्दछु। साथै चिकित्सकीय सेवा प्रदान गर्ने क्रममा आफ्ना बिरामी र बिरामीका आफन्तजनहरूबाट पाइएको धन्यवाद नै सबैभन्दा ठुलो पुरस्कार हुने हुँदा सो पाइरख्ने आशा गर्दछु।’

सरकारले संविधान दिवसका अवसरमा ९ सय ३ जनलाई विभिन्न पदक दिने निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णय सार्वजनिक भएसँगै विभिन्न क्षेत्रका व्यक्तिहरूले पदक अस्वीकार गर्ने घोषणा गरिरहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *