अकुस सम्झौताः फ्रान्स र चीनपछि उत्तर कोरिया पनि आक्रोशित, अमेरिकाको कठिनाइ बढ्दै

डिसी नेपाल
४ असोज २०७८ ११:४२

काठमाडौं। अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको अकुस सम्झौताका कारण फ्रान्स र चीनपछि अब उत्तर कोरिया पनि आक्रोशित भएको छ । उत्तर कोरियाले यो सम्झौतालगत्ते अमेरिकालाई चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै यदि यसबाट उत्तर कोरियाको सुरक्षामा असर पर्छ भने उत्तर कोरियाले यसविरुद्ध उपाय खोज्ने बताएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै सोमबार एक बयान जारी गरेको छ जसमा भनिएको छ ‘अमेरिका, बेलायत र अस्ट्रेलियाबीच यो सम्झौता ‘निकै खतरनाक कार्यवाही’ हो जसले एसिया प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलनलाई नष्ट गर्नेछ र ‘हतियारको दौड’लाई बढावा दिनेछ ।’ अधिकारीका अनुसार उत्तर कोरियाले सूक्ष्म रुपमा यो सम्झौताको निरीक्षण गरिरहेको छ र ‘यदि यसले उत्तर कोरियाको सुरक्षामा सानो पनि नकारात्मक असर’ देखिएमा यसविरुद्ध कारवाही गर्नेछ ।

जो बाइडेनले गएको शुक्रबार अस्ट्रेलिया र बेलायतसँग एक सम्झौताको घोषणा गरेका थिए जसलाई अकुस भनिएको छ । यो सम्झौताअन्तर्गत अमेरिकाले अस्ट्रेलियालाई कम्तीमा ८ परमाणु ऊर्जाले संचालित पनडुब्बी दिनेछ । यसलाई इण्डो प्यासिफिक क्षेत्रमा चीनको दबदबा समाप्त गर्न उठाइउको कदमको रुपमा हेरिएको छ जसबाट चीन पनि आक्रोशित छ । यो सम्झौताका कारण यसअघि फ्रान्सले अस्ट्रेलियालाई १२ वटा पारम्परिक पनडुब्बी दिने सम्झौता पनि रद्द भएको छ जसबाट फ्रान्स पनि अमेरिका र अस्ट्रेलियासँग आक्रोशित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *