रोष्ट्रम अगाडि केपी ओली र सुवास नेम्वाङ
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ। उनीहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन्।
विनियोजनक विधेयकमाथि छलफलपछि बैठकले स्वीकृत गरेको छ। सोही क्रममा आफ्ना सांसदहरूको नाराबाजी भइरहँदा एमाले संसदीय दलका नेता केपी ओली र उपनेता सुवास नेम्वाङ पनि रोष्ट्रम अगाडि उभिएका छन्। रोस्ट्रमअघि उभिए पनि ओली र नेम्वाङले नारा भने लगाएनन्।
सांसदले नाराबाजी लगाइरहँदा ओली र नेम्वाङबीच भने कुराकानी भएको छ । तर, के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment