१८ वर्षका विद्यार्थीले विश्वविद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु

डिसी नेपाल
४ असोज २०७८ १५:०३

काठमाडौं। रुसको एक विश्वविद्यालयमा एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएको बताइएको छ । जाँचकर्ताका अनुसार रुसको पर्म सहरस्थित पर्म स्टेट युनिभर्सिटीमा एक छात्रले विश्वविद्यालय परिसरभित्रै अन्धाधुन्ध गोली चलाउन थालेका थिए ।

सामाजिक संजालमा यो घटनाको भिडियो भाइएरल भइरहेको छ । भिडियोमा मानिसहरु ज्यान बचाउन झ्यालबाट हाम्फालिरहेका छन् । ती हतियारधारी करिब ११ बजे विश्वविद्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्ते उनले गोली चलाउन थालेका थिए । घटनाको केहीबेरमै उनी फरार भए । रुसको सरकारी मिडिया आरटीका अनुसार घटनाका बेला केही विद्यार्थीले ज्यान बचाउन आफूलाई विश्वविद्यालयको अडिटोरियममा बन्द गरेका थिए ।

घटनास्थलमा सुरक्षा बल पुगेको र घटनाको जाँच भइरहेको समाचारमा जनाइएको छ । ठूला अपराधको जाँच गर्ने रुसको जाँच कमिटीका अनुसार आक्रमणकारीको पहिचान १८ वर्षका त्यही विश्वविद्यालयका छात्रको रुपमा भएको छ । रिपोर्टका अनुसार उनीसँग ट्रमेटिक हतियार थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *