अफगानिस्तानमा तालिबानलाई निशाना बनाएर आतंकवादी आक्रमण, ३५ तालिबानी मारिए

डिसी नेपाल
४ असोज २०७८ १६:०२

काठमाडौं। अफगानिस्तानमा इस्लामिक स्टेटको शाखा खुरासान प्रान्त (आइएसकेपी)ले अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि उसले तालिबानलाई निशाना बनाएर पहिलो पटक आक्रमण गरेको दावी गरेको छ । १९ सेप्टेम्बरमा आइएसकेपीले यस्तो दावी गरेको बीबीसीले जनाएको छ ।

आइएसकेपीको दावी अनुसार उसले नांगरहार प्रान्तको राजधानी जलालाबादमा तालिबानलाई निशाना बनाएर आइइडी विष्फोट गराएको छ । आक्रमणमा ३५ तालिबानी लडाकु मारिएको वा घाइते भएको उसले दावी गरेको छ । आइएसले आफ्नो दावीमा तालिबानलाई धर्म भ्रष्ट मिलिशिया भनेको छ । आइएसले तालिबानलाई पहिलेदेखि नै यस्तो भन्दै आएको छ ।

तालिबानले भने अहिलेसम्म यी कथित आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । तर, स्थानीय अफगान मिडिया समूहहरुले नांगरहारमा भएको आइइडी विष्फोटमा मानिसहरु मारिएको रिपोर्ट प्रकाशित गरेका छन् । आइएसको समाचार एजेन्सी अमकले यी दावीको पुष्टिको लागि केही तस्वीर पनि जारी गरेको छ ।

यसअघि आइएसले २६ अगष्टमा काबुल एयसपोर्टमा आत्मघाती आक्रमण गरेको ३० अगष्टमा काबुल एयरपोर्टमा रकेट आक्रमण गरेको तर ती आक्रमण तालिबानप्रति लक्षित नभएको दावी गरेको छ । आइएसले ती आक्रमणमा अमेरिका र उसका सहयोगीलाई निशाना बनाइएको दावी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *