युरोपमा मदिराको कर दोब्बर पारिदै

डिसी नेपाल
४ असोज २०७८ २०:२६
52
Shares

मस्को । विश्व स्वास्थ्य संगठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ । यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट बर्षेनी हुने मृत्युदरमा समेत कमी ल्याउन सकिने अपेक्षा गरिएको छ।

क्यान्सरको रोकथापको लागि यो कदय उपयुक्त र प्रभावकारी हुने विश्वास लिइएको छ। यो सिफारिस लागू भएमा मदिरा सेवनबाट हुने विविध रोगहरू मध्ये उच्च रक्तचाप, कोलस्ट्रोल, कलेजो र मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन् । रुस र बेलायत लगायतका देश यो निर्णयबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

विश्व स्वास्थ्य सङ्गठनको प्रक्षेपण अनुसार यस कदमबाट १० हजार ७०० नयाँ क्यान्सरबाट हुने मृत्यु र ४ हजार ८५० मदिरासेवनबाट हुने क्यान्सरबाट हुने मृत्यु घटाउन सकिनेछ । यो तथ्याङ्कले युरोप क्षेत्रमा हुने क्यान्सरको आक्रमण र मृत्यु दरको ६ प्रतिशतलाई प्रतिनिधित्व गर्छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस क्षेत्रमा १ लाख ८० हजार क्यान्सरको रोगी र ८५ हजार मृत्यु मदिरा सेवनसँग सम्बन्धित रोगबाट हुने गरेको अनुमान गरिएको छ। युरोपका २७ देशहरूमा मदिराको कर कमी रहेको उल्लेख गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनले बताए अनुसार ४८ लाख क्यान्सरका रोगीहरू बर्षेनी युरोपमामात्र पत्ता लाग्ने गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *