नेकपा (एस) को पहिलो केन्द्रीय समिति बैठक बस्दै, संगठन निर्माणदेखि सरकारसम्म एजेण्डा

डिसी नेपाल
५ असोज २०७८ ७:२९
68
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ। क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

गत भदौमा नेपाल एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एस) गठन भएको थियो। पहिलो केन्द्रीय समिति बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ ।

साथै सरकारमा सहभागिता र प्रभावकारिता विषयमा पनि छलफल हुनेछ । केही नेताको जिम्मेवारी हेरेफेर गर्ने पनि कार्यसूची छ। बैठक बुधबारसम्म चल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *