९० अर्बको ३ टन हेरोइन जफत, त्यही बाटो ७ खर्ब रुपैयाँको लागूऔषध आइसकेको थियो

डिसी नेपाल
५ असोज २०७८ १०:४०

काठमाडौं। आइतबार भारतको गुजरात राज्यको मुन्द्रा बन्दरगाहमा बरामद गरिएको तीन टन हेरोइन यहाँबाट भइरहेको लागूऔषधको तस्करीको सानो अंश मात्र खुलासा भएको छ । भारतको हैदराबादबाट प्रकाशित हुने अखबार डेक्कन क्रोनिकलको रिपोर्टअनुसार लागूऔषधका व्यवसायीहरुले यसअघि २४ टन हेरोइन बाहिरबाट मगाइसकेका छन् र देशका अलग अलग क्षेत्रमा यसको आपूर्ति गरिसकिएको छ ।

अखबारले लेखेको छ ‘राजश्व खुफिया निर्देशनालय (डीआरआइ)को अनुमान अनुसार आइतबार जफत गरिएको हेरोइनको मूल्य ९० अर्ब रुपैयाँ थियो । तर, हेरोइनको जो खेप योभन्दा अगाडि भारत पुग्न सफल रह्यो त्यसको मूल्य ७ खर्ब रुपैयाँ भन्दा धेरै थियो ।’ डेक्कन क्रोनिकलले आफ्नो अनुसन्धानको आधारमा लेखेको छ ‘आन्ध्र प्रदेशको विजयवाडा शहरको आशी ट्रेडिङ कम्पनीले यस वर्ष जूनमा कथित रुपमा यो पदार्थको २५ टन मात्र मगाएको थियो र र यसलाई ‘सेमि कट टेल्कम पाउडर ब्लक्स’ भनेको थियो ।

यो त्यही चीज थियो जसलाई डिआरआइले आइतबार जफत गरेको छ । विजयवाडाको कम्पनीको यो शिपमेन्ट दिल्लीका एक व्यवसायीलाई जुन ट्रकबाट पठाइएको थियो त्यो ट्रक मुन्द्रा पोर्ट र नयाँ दिल्लीको बीचको ११७६ किलोमिटर लामो बाटोमा कुनै पनि टोलगेटबाट हुँदै गएन । दिल्लीका ती व्यवसायीको पहिचान अझै पनि फर्जी बताइएको छ ।

अखबारले सूत्रको हवाला दिँदै लेखेको छ ‘या त यो सामान गुजरातमै छ, तर यसको सम्भावना कम छ या यसलाई अन्य ठाउँहरुमा पठाइसकिएको छ ।’ अखबारका अनुसार विजयवाडाको कम्पनीलाई गत वर्ष काकिनाडा बन्दरगाहबाट चामल निर्यात गर्नको लागि दर्ता गरिएको थियो । कम्पनीको नाममा बाहिरबाट अहिलेसम्म यही एउटा शिपमेन्टआएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *