भारतविरुद्ध संयुक्त राष्ट्रसंघ पुग्यो बंगलादेश

डिसी नेपाल
५ असोज २०७८ १२:२६

काठमाडौं। बंगलादेशले भारतविरुद्ध संयुक्त राष्ट्रसंघमा अपिल गरेको छ । बंगालको खाडीको दक्षिणी भागमा समुद्री सीमाका विषयमा भारतसँग रहेको दशकौं पुरानो विवाद सुल्झाउनको लागि बंगलादेशले अपिल गरेको हो । द एक्सप्रेस ट्रिब्युनका अनुसार संयुक्त राष्ट्रसंघको मुख्यालयमा बंगलादेशको स्थायी मिशनले भारतविरुद्ध राष्ट्रसंघका महासचिवसमक्ष २ अपिल गरेको छ ।

बंगलादेशका पूर्व विदेश सचिव शाहिदुल हकले एनादोलु एजेन्सीसँग कुराकानीमा यो विवाद दुई देशबीच कैयौं दशकदेखि बल्झिरहेको बताएका छन् । यो मुद्दामा यसअघि द्विपक्षीय छलफल भए पनि यो विषय समाधान हुन सकेको छैन । हकले अब यो विवाद सुल्झाउन संयुक्त राष्ट्रसंघ जाने निर्णय गरिएको बताउँदै राष्ट्रसंघले यो विवादको समाधान निकाल्नेमा आफूहरु आशावादी भएको बताए । गएको अप्रिलमा भारतले संयुक्त राष्ट्रसंघलाई पत्र लेखेर बंगलादेशले निर्धारण गरेको बेसलाइनमा आफ्नो विरोध जनाएको थियो ।

ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बनधका प्राध्यापक र कूटनैतिक विश्लेषक चौधरी रफीकुल अबरारले एनादोलु एजेन्सीसँग कुरा गर्दै बंगालको खाडी बंगलादेशको लागि अनौठो र महत्वपूर्ण संसाधन रहेको र बंगलादेशको सम्प्रभुताको सम्बन्ध यो देशको समुद्री क्षेत्रसँग रहेको बताए । रफीकुलले यो विवाद सुल्झाउनको लागि समुद्रका कानुनका विषयमा संयुक्त राष्ट्रसंघको सम्मेलनका प्रावधानको पालना गर्न भारतलाई आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *