राज कुन्द्रा जेलबाट छुटे

डिसी नेपाल
५ असोज २०७८ १४:११

काठमाडौं। पोर्नोग्राफी केसमा जेलमा रहेका राज कुन्द्रा जेलबाट छुटेका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पतिसमेत रहेका राज कुन्द्रालाई पोर्न सामग्री बनाएको र त्यसलाई अनलाइनमार्फत बेचेको आरोपमा गिरफ्तार गरिएको थियो । ६४ दिनपछि राज जेलबाट बाहिर आएका हुन् । उनलाई मुम्बइ पुलिसको क्राइम ब्रान्चले १९ जुलाइमा पक्राउ गरेको थियो ।

जेलबाट बाहिर आएका राज कुन्द्रालाई मिडियाले घेरेका थिए । यस क्रममा रिपोर्टरहरुले राजसँग प्रश्न पनि सोधे तर उनले कुनै जवाफ दिएनन् । राज कुन्द्रा केही नबोली गाडीमा बसे । धरौटीमा जेलबाट बाहिर आएका राज कुन्द्राका केही तस्वीरहरु सार्वजनिक भएका छन् । तस्वीरमा राजले मास्क लगाएका छन्, उनको निधारमा ठूलो तिलक देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *