अफगानिस्तानका छात्रालाई ‘चाडै’ विद्यालय फर्काउने तालिबानको दाबी

डिसी नेपाल
५ असोज २०७८ १६:५१

काठमाडौं । अफगानिस्तानका छात्रालाई विद्यालय नबोलाइएको भन्दै छात्राहरुले गुनासो गरेपछि तालिबानले उनीहरुलाई चाडै विद्यालय बोलाउने स्पष्ट पारेको छ ।

शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि शिक्षिका र छात्राहरुले चिन्ता व्यक्त गरेका थिए । मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको थियो ।

सूचनामा हजारौँ छात्राको पढाई तथा भविश्यका बारेमा केही उल्लेख नगरिएको भन्दै शिक्षिका तथा छात्राले आफूहरुलाई पनि विद्यालय जान पाउने व्यवस्था गर्न माग गरेका थिए । विद्यालय जान नपाउँदा आफूहरुको आम्दानी गुमेकाले आफूहरु परिवारमा निर्भर हुनु पर्दा पीडा महसूस भइरहेको समेत शिक्षिकाहरुले बताएका छन् ।

त्यसैगरी विद्यालय जाने छात्राहरुको सङ्ख्यामा पनि उल्लेख्य बृद्धि भएको युनेस्कोका अधिकारीहरुले बताएका छन् । सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरुको सङ्ख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *