ब्राजिलका राष्ट्रपतिलाई न्यूयोर्कमा रेष्टुरेन्टमा छिर्न दिइएन, फुटपाथमा बसेर खाना खाए

डिसी नेपाल
५ असोज २०७८ १६:५८

काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभाको ७६ औं सत्रका भाग लिनको लागि कैयौं देशका राष्ट्रप्रमुख अमेरिका पुगेका छन् । यही बीचमा अमेरिकाबाट ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको यस्तो तस्वीर सार्वजनिक भएको छ जुन तस्वीर अहिले विश्वभरी चर्चामा छ । फोटोमा बोल्सोनारो फुटपाथमा अन्य केही व्यक्तिहरुसँग उभिएर पिज्जा खाइरहेका छन् ।

भाइरल भइरहेको फोटोमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई न्यूयोर्ककको सडक किनारमामा फुटपाथमा उभिएर पिज्जा खाइरहेको देख्न सकिन्छ । यो फोटो देखेर मानिसहरुको मनमा धेरै प्रश्न उठिरहेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएका एक देशका राष्ट्रप्रमुख यसरी फुटपाथमा पिज्जा खान किन बाध्य भए ? उनले यसरी पिज्जा खानुको पछाडिको कारण के होला ? जस्ता प्रश्न उब्जिएका छन् ।

बोल्सोनारोले यसरी फुटपाथमा उभिएर पिज्जा खानुको कारण कोरोना भ्याक्सिन हो । अहिले अमेरिकामा होटल र रेष्टुरेन्टहरुमा प्रवेश गर्नको लागि कोरोना भ्याक्सिन लगाएको प्रमाण हुनु जरुरी हुन्छ । यो प्रमाण बिना कसैले पनि होटल रेष्टुरेन्टमा प्रवेश पाउँदैनन् । यही कारण ब्राजिलका राष्ट्रपति बोल्सोनारो र उनको साथमा भएका अन्यले रेष्टुरेन्टमा प्रवेश पाएनन् किनकि उनीहरुसँग खोप लगाएको प्रमाण थिएन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बोल्सोनारोले अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाएकै छैनन् । उनलाई यसअघि कोरोनाभाइरस संक्रमण भइसकेको थियो । त्यसपछि उनले आफ्नो शरीरको प्रतिरक्षा प्रणाली कोरोनाभाइरससँग लड्नको लागि पर्याप्त बलियो भएको भन्दै खोप लगाएका छैनन् । जानकारी अनुसार ब्राजिलका राष्ट्रपतिको प्रतिनिधिमण्डलमा सहभागी मन्त्रीहरुले आइतबार न्यूयोर्कको फुटपाथबाट सहयोगीको साथमा तस्वीर पोस्ट गरेका थिए जसमा बोल्सोनारो पनि पिज्जा खाइरहेका देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *