अस्ट्रेलियाको मेलबर्नमा ५.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

डिसी नेपाल
६ असोज २०७८ ११:२०

काठमाडौं। अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पले कैयौं भवनहरु क्षतिग्रस्त भएका छन् । भुकम्प स्थानीय समयअनुसार बिहान सवा ९ बजे गएको थियो । भूकम्पको केन्द्रविन्दू मेलबर्न सहरबाट पूर्वतर्फ म्यान्सफिल्डमा रहेको बताइएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भुकम्पका विषयमा बयान जारी गर्दै भनेका छन् ‘अहिलेसम्म हामीले कोही गम्भीर रुपले घाइते भएको वा मारिएको खबर पाएका छैनौं । यो राम्रो खबर हो ।’ भूकम्पको धक्का दक्षिणी अस्ट्रेलियाको न्यू साउथ वेल्समा पनि महसुस गरिएको थियो । पहिलो शक्तिशाली भूकम्पपछि ४ म्याग्नेच्युड र ३.१ म्याग्नेच्युडका परकम्प पनि आएका थिए ।

यो कैयौं वर्षपछि अस्ट्रलियामा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । तर, अहिलेसम्म यो भूकम्पबाट ठूलो नोक्सानी भएको खबर छैन । मोरिसनले अस्ट्रेलियामा भूकम्प आउनु असामान्य भएको भन्दै यो निकै चिन्ताजनक हुन सक्ने बताएका छन् ।

भिक्टोरिया स्टेट इमरजेन्सी सर्भिसले जनतालाई सम्भावित झट्काहरुको लागि सतर्क रहन चेतावनी दिएको छ । इमरजेन्सी सर्भिसले भनेको छ ‘यदि तपाइँ भिक्टोरियामा हुनुहुन्छ भने खतरामा हुनुहुन्छ । फेरि पनि झट्का आउन सक्छन् । क्षतिग्रस्त भवनबाट टाढा रहनुस् । आपतकालीन अवस्थामा बाहेक ड्राइभिङ नगर्नुस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *