अकुस सम्झौताको असरः फ्रान्ससहित युरोपका देशका विदेश मन्त्रीसँग अमेरिकाको बैठक रद्द

डिसी नेपाल
६ असोज २०७८ ११:३२

काठमाडौं। संयुक्त राष्ट्रसंघीय महासभाको क्रममा फ्रान्ससहित युरोपेली देशहरु र अमेरिका बीच हुने विदेश मन्त्री स्तरीय बैठक रद्द गरिएको छ । अमेरिकी अधिकारीहरुका अनुसार समय तालिका तय गर्ने विषयमा केही मुद्दाका कारण यो बहुपक्षीय बैठक रद्द गरिएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो बैठक ती तीन बैठकमध्ये एक थियो जो अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र फ्रान्सका विदेश मन्त्री जीन यवेर लेड्रियनलाई अन्य देशहरुको साथमा एउटै मञ्चमा ल्याउनको लागि महत्वपूर्ण मानिएको थियो ।

गएको हप्ता अमेरिका र फ्रान्सको सम्बन्धको लागि तनावपूर्ण रह्यो । अस्ट्रेलिया अमेरिका र बेलायतबीच भएको सुरक्षा सम्झौता अकुसका विषयमा फ्रान्सले आक्रोश पोखेको छ । यो सम्झौताका कारण अस्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी किन्ने सम्झौता रद्द गरेको छ जसप्रति फ्रान्सले आक्रोश पोखेको छ । फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत पनि फिर्ता बोलाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *