परराष्ट्रमन्त्री डा. खड्काकाे सपथ ग्रहण दिउसाे १ बजे
काठमाडौं । नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा. नारायण खड्काको सपथ ग्रहण समारोह दिउसो १ बजे हुने भएको छ। राष्ट्रपति कार्यालयले उक्त जानकारी दिएको हो।
संयुक्त्त राष्ट्रसंघकाे महासभामा नेपालले प्रतिनिघिसमेत छन्न नसकेकाे बेला रुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री नियुक्तिकाे तत्काल अावश्यकता परेकाेबारे सहमति जुटेकाे बताइएकाे छ । दलका नेताहरूबीच साे मन्त्रालय नेपाली कांग्रेसकाे भागमा पार्नेबारे पनि सहमति भएकाे स्राेतले बताएकाे छ । साे पदमा देउवाले निकटस्थ मानिएका सांसद नारायण खड्का लाइ नियुक्त गर्ने तयारी गरेका छन् ।
याे कुराकाे जानकारी देउवाले दलहरूबीचकाे बैठकमै पनि दिएकाे बताइएकाे छ । देउवाकाे हताराे हेर्दा खड्काकाे नियुक्ति तत्काल हुने देखिएकाे स्राेतकाे दावी छ । कांग्रेसमा कुनै गडबढी भएन भने खड्काकाे शपथ ग्रहणा भाेलि नै पनि हुन सक्छ ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment