झापामा महिलाको शरीर टुक्रा टुक्रामा गिँडियो

डिसी नेपाल
६ असोज २०७८ १९:५६

काठमाडौँ । झापा गाउँपालिका–१ सानो माई खोलामा टुक्रा–टुक्रा पारी महिलाको शवलाई खोलामा बगाइदिने ४ जनालाई झापा प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

स्थानीय सानो माइखोलामा गत भदौ २५ गते धोन्नी टुडुको अर्ध शरीरको टाउको, घाँटी, पेट र कम्मरभन्दा माथिको भाग तथा घुँडाभन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको थियो । जग्गाको विषयमा पारिवारिक विवाद हुँदै आएकोमा भदौ २५ गते आफन्तले टुडुलाई माइखोला किनारमा लगि शरीरको विभिन्न भाग काटेर खोलामा फालेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शव झापा गाउँपालिका १ माइती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५० वर्षीया डोली भन्ने धोन्नी टुडु रहेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । हत्या आरोपमा प्रहरीले मृतकको भान्जा भारत देश किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने वर्ष २३ को ऐतवार सोरेन, मृतकको सौताको भाई झापा गाउँपालिका १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई पक्राउ गरेको छ ।

मृतक महिलाको बाल बच्चा नभएको र सौताका नातेदारले षड्यन्त्र गरि उनको हत्या गराएको प्रहरीको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *