नासाका बहुमत कार्यकारी सदस्यद्वारा राजीनामा

डिसी नेपाल
७ असोज २०७८ ८:१५
440
Shares

काठमाडौं । अमेरिकास्थित नेपालीहरुको साझा संस्था ‘नेपलिज एसोसियसन अफ साउथ इस्ट अमेरिका’ (नासा)का ११ जना पदाधिकारीले राजीनामा दिएका छन्। यो संख्या कार्यकारी समितिको बहुमत रहेको छ।

जम्मा २१ जनाको समितिबाट ११ जनाले राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा बरिष्ठ उपाध्यक्ष अम्बिा लोहोनी, उपाध्यक्ष बिशाल भारती, कोषाध्यक्ष तथा सहसचिव रमा घिमिरे रहेका छन्। यस्तै अन्य पदाधिकारीहरुमा प्रलाद शाह, सावित्री रानाभाट, दिपक रानाभाट, सुदन गैरे, नरेन्द्र बराल, आमोद देवकोटा र सुशिल पौडेल रहेका छन्।

राजीनामा दिने संस्थाका पदाधिकारीहरुले अध्यक्ष विनय अर्याल र महासचिव कृष्ण श्रेष्ठको कार्यशैली र रबैयाको आलोचना गर्दै त्यसका विरुद्ध सामूहिक राजीनामा दिएको प्रतिक्रिया दिएका छन्।

उनीहरुले कोरोनाका कारण चुनाव हुन नसक्ने अवस्थामा पनि अध्यक्ष र सचिवले मनोमानी तरिकले चलेको भन्दै आफूहरुले राजीना दिएको उनीहरुको भनाइ छ।
नासाले हरेक दुई वर्षमा नेतृत्व चयन हुने गर्छ। यो वर्षको चुनाव फ्लोरिडा राज्यको ओर्लाण्डो शहरमा सेप्टेम्बर ५ को लागि तोकिएको थियो।

अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टको बढ्दो प्रकोर र उक्त शहर अति प्रभावित भएपछि दुई तिहाइ बोर्ड सदस्यले उक्त सम्मेलन केही महिनाको लागि स्थगित गर्ने निर्णय गरेका थिए। तर, अध्यक्ष र महासचिवले आफू अनुकुलको बैठक निर्णय बनाई बोर्डको निर्णयलाई समूदायमा गलत प्रचार गरेको आरोप उनीहरुले लगाएका छन्।

गत सूचना प्रेषित गरिएको, बोर्डको बैठक नबसाइएको, आफ्नो अनुकुलको निर्वाचन आयुक्त बनएको, कोषध्यक्षको जानकारी बिनै संस्थाको रकम दुरुपयोग भएको, निर्वाचन समितिले अनियमितता गरेको, निर्वाचन आयुक्त गदालले बोर्ड सदस्यलाई अपमानित गरेकोलगायतका आरोपहरु उनीहरुले लगाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *