नेकपा एसले महासचिवको टुङ्गो लगाउँदै, भुसालको सम्भावना बढी !
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले आज पार्टीको महासचिव, स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको टुङ्गो लगाउँदै छ।
गत मंगलबारदेखि सुरु भएको नेकपा एसको बैठक आज पनि ११ बजे पुनः बस्ने भएको छ। नेकपा एसका एक जना नेताका अनुसार महासचिवमा बेदुराम भुषालको नाम अग्र पंतिमा रहको जानकारी दिए। उनका अनुसार आजै केन्द्रीय सदस्यको संख्या पनि तोकिने छ। विषेशगरी अहिलेको प्रतिनिधिसभा सांसद सबैले केन्द्रीय सदस्यता पाउने छन्।
‘राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, गंगालाल तुलाधर, मुकुन्द न्यौपाने, डा. विजय पौडेल, बेदुराम भुसाल लगायतको नाम आएको छ,’ स्रोतले भन्यो, ‘सबै जना आकांक्षी भए पनि भुसाललाई नै महासचिव बनाउने जस्तो देखिन्छ। उहाँको नै सबै भन्दा अग्र पंतिमा हुनुहुन्छ।
उनका अनुसार केन्द्रीय कमिटीको एक तिहाइ पोलिटव्युरो र पोलिटव्युरोको पनि एक तिहाइ स्थायी कमिटी सदस्य रहने छन्। केन्द्रीय कमिटीको टुङ्गो आज लागेपछि अरु कमिटीका बारेमा छलफल हुने छ।
नेकपा एमालेसँग विद्रोह गरेको बताउँदै उनले आफ्नो पार्टी सबै भन्दा ठूलो हुने विश्वास लिएको र एमालेमा फर्केकाहरु पनि फिर्ता आउने विश्वास गरेको बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment