नेकपा एसमा पदाधिकारी टुङ्गाे लाग्याे, रामकुमारी झाँक्री सचिवकाे जिम्मेवारीमा
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुङ्गो लगाएसँगै धेरैले रामकुमारी झाँक्रीलाई खोजेका छन्। निर्वाचन आयोगमा माधव कुमार नेपालको हात समातेर लगेपछि तरंग फैलाएकी रामकुमारीले पार्टी दर्ताभएपछि कुन हैसितय पाउछिन् भन्ने सर्वत्र प्रश्न उठेको छ।
तत्कालीन एमालेको विद्यार्थी संघबाट राजनीतिमा उदाएकी झाँक्री २०७७ सालको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि चर्को आलोचकका रुपमा प्रस्तुत भएकी थिइन्।
गोरखाको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रति प्रयोग गरेको भाषाले आलोचित बनेकी झाँक्रीले नेकपा एसमा सचिवको जिम्मेवारी पाएकी छिन्।
मधव कुमार नेपाल अध्यक्ष र बेदुराम भुसाल उपाध्य क्षरहेको पार्टीले चार जना उपाध्यक्ष, एक महासचिव, तीन उपसचिव ४ जना सचिवमा चयन गरेको छ। उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई रहेका छन्।
उपमहासचिवमा प्रकाश ज्वाला, डा. विजय पौडेल र गंगालाल तुलाधर रहेका छन् भने सचिवहरुमा रामकुमारी झाँक्री, नागेन्द्रप्रसाद चौधर, जगनाथ खतिवडा र केशवलाल श्रेष्ठ रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment