प्रदेश नं १ मा २८४ जनामा कोरोना सङ्क्रमण

डिसी नेपाल
७ असोज २०७८ २३:१९

काठमाडौँ ।  प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज पनि सबैभन्दा बढी झापा ७७ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ३१ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ । सो अवधिमा मोरङमा ५४, सुनसरीमा २४, इलाममा छ, धनकुटामा तीन, उदयपुरमा दुई र प्रदेश बाहिरका एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले छ ।

मन्त्रालयको अनुसार सो अवधिमा ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार पुरुषको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *