प्रदेश नं १ मा ३२२ मा कोरोना सङक्रमण

डिसी नेपाल
९ असोज २०७८ २३:१३

काठमाडौं । प्रदेश नं १ को मोरङमा पछिल्लो २४ घण्टाको अवधिमा सबैभन्दा बढी कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।  विराटनगरमा ३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ४८, झापामा ३०, धनकुटामा पाँच, खोटाङ र इलाममा दुई/दुई, सङ्खुवासभा र पाँचथरमा एक/एक तथा प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । सो अवधिमा ७२५ जनाको पिसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ गरी कूल ३२२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै १५० महिलासहित २६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *