महावाणिज्य दूतावासप्रति अमेरिकामा रहेका सामाजिक संघसंस्थाहरुको आपत्ति (विज्ञप्तिसहित)
काठमाडौं। अमेरिकाको न्यूयोर्कमा सुरु भएको राष्ट्रसंघको महासभामा भाग लिन गएका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न नपाएको भन्दै विभिन्न संघसंस्थाहरुले महावाणिज्य दूतावासमाथि आक्रोश पोखेका छन्।
नेपाल आदिबासी जनजाति महासंघ (अमेरिका), प्रवासी नेपाली मञ्च अमेरिका (न्यूयोर्क), नेपाली समाज अमेरिका, प्रवासी नेपाली समाज अमेरिकाका अध्यक्षहरुले विज्ञप्ति जारी गर्दै महावाणिज्यदूत विष्णुप्रसाद गौतममाथि आक्रोश पोखेका हुन्।
विज्ञप्तिमा राजनीतिक दलका भातृ संघठन र सामाजिक संघसंस्थाहरुबीच फाटो ल्याउनका लागि महावाणिज्यदूतले भूमिका खेलेको आरोप लगाइएको छ। उनीहरुले विज्ञप्ति मार्फत भनेका छन्, ‘विगतमा नेपालदेखि सरकारी प्रतिनिधिहरु न्यूयाेर्क आउँदा सबै संघसंस्थाहरुले संयुक्त रुपमा स्वागत सत्कार गर्दै आएको परम्परा छ। तर, यसपाली कार्यवाहक महावाणिज्यदूत बिष्णुप्रसाद गौतमको विभेदकारी र निषेधकारी व्यवहार आपत्तिजनक छ।’
उनीहरुले विज्ञप्तिमार्फत आगामी दिनमा महावाणिज्य दूतावास नसच्चिए गम्भिर दुर्घटना हुने समेत चेतावनी दिएका छन्। उनीहरुले भनेका छन्, ‘सरकारी निकायले मिलेर बसेको नेपाली समाज फुटाउने चेष्ठा गरे त्यस विरुद्ध समाज एकढिक्का भएर सम्बन्धित निकाय तथा व्यक्ति कारवाहीको भागिदार बन्न नपरोस्।’


No ads found for this position

डिसी नेपाल
Facebook Comment