१८७ जना सङ्क्रमित, एक महिलाको मृत्यु

डिसी नेपाल
१४ असोज २०७८ १८:५७

काठमाडौं।  पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८७ कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५१, झापामा ५१, सुनसरीमा २७, इलाम र धनकुटामा तीन तीन तथा ताप्लेजुङ र तेह्रथुममा एक एक जनामा कोरोना देखिएको हो । एक हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ तथा ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ९६ महिलासहित १९१ जना कोरोनाबाट मुक्त भएका छन् । सो अवधिमा कोरोनाबाट एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *