प्रदेश नं १ मा १६८ जनामा कोरोना सङ्क्रमण

डिसी नेपाल
१७ असोज २०७८ २२:५८

काठमाडौं।  प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना सङ्क्रमण भएको छ । आठ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६ मध्ये विराटनगरमा ३३, सुनसरीमा २०, इलाममा पाँच, उदयपुरमा तीन, धनकुटामा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १६५ जना महिलासहित ३२० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा चार पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *