प्रदेश–१ मा १२६ जनामा कोरोना सङ्क्रमण

डिसी नेपाल
२१ असोज २०७८ २१:१७

काठमाडौं । प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो अवस्थामा देखिएको छ । विगत २४ घण्टामा ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ गरी कूल १२६ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा पाँच, इलाममा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १४४ जना महिलासहित २६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *