द्वन्द्वको घाउ : जसले साहित्यकार बनायो

तर्कबहादुर थापा
२३ असोज २०७८ ११:३१

तत्कालीन द्वन्दले धेरैको मनमा अमेट छाप बसाएको छ। कतिपय सकारात्मक छन् भने कतिपय नकारात्मक। आवाज विहीनहरुको आवाज बनेर जनयुद्धले आफ्ना अधिकारका लागि लडन सिकायो। आफ्नो अधिकारका लागि लड्न त सिकायो तर, यही अधिकारको कुरा गर्दा अरुको अधिकारको ख्याल गर्नु पर्छ भन्ने कुरा बिर्सायो।

साहित्यकार सरिता अर्यालसँग पनि द्वन्द्वका थुप्रै पीडाहरु छन्। त्यो अवस्थामा पत्रकार रहेकी उनी रिपोर्टिङको लागि कालिकोट पुगिन्। माओवादीको आधार सिविरका रुपमा रहेको कालिकोटमा उनी अपहरणमा परिन्। कालिकोटको अपहरणबाट भाग्न सफल भइन्। द्वन्द्वको रिपोर्टिङ त्यति सजिलो विषय थिएन। उनी जोखिम मोलेरै भए पनि देशका विभिन्न ठाउँमा पुगेर द्वन्द्वको रिपोर्टिङ गरिरहिन्।

पत्रकारिताले लेखनीको विकास गरेको अर्याललाई साहित्यकार पनि द्वन्द्वका केही अमेट छापहरुले बनाए भन्दा अतियुक्ति नहोला। नेपालका ६३ बढी जिल्लाहरुमा रिपोर्टिङका लागि पुगेकी छन् उनी। पर्वतको कुस्मामा आफैलाई बाटो देखाएकी चेलीको सरकारी पक्षद्वारा विभत्स हत्याभएपछि उनलाई सरकारलाई सुराक गरेको आरोप विपक्षी तत्काली विद्रोही माओवादीले लगाउन थाले।

‘अमेरिकामा मेसिन हो मान्छे,’ उनले आफ्नो अमेरिका बसाइको अनुभव सुनाउँदै भनिन्, ‘त्यँहाँ एक तहको मान्छे बाहेक अरुले घण्टाको पैसा पाउँछ भनेर काम गर्छन्। मैले पनि १६ घण्टा उभिएरमात्र काम गरेकी छु। त्यसरी घण्टाको हिसाबमा काम गर्न थालेपछि साहित्यलाई कसरी अंगालो हाल्नु। म त नेपालमा पनि पत्रकारिता गरेकी भएर हप्तामा एक दिन भए पनि पठाइरहन्थेँ। लेखिरहन्थेँ।’

‘मलाई अहिले पनि याद छ,’ सरिताले भनिन्, ‘माओवादीकै ठूलो नेताले मलाई फोन गरेर विदेशीनु ठिक होला भन्नु भयो। म ज्यान जोगाउन नेपालबाट भागेकी हुँ।’ उनले आफ्नो पत्रकारिता धर्मलाई नछोड्दा सरकार र विद्रोही दुबै पक्षबाट शंकाको घेरामा राखेपछि देश छोड्नुको विकल्प थिएन सरितासँग। उनले देश छोड्ने निधो गरेको चार दिनका दिन इजराइल पुगिन्।

इजराइलमै लेखनीको विकास भयो

द्वन्द्वको कारण विस्तापित भएर देश नै छोड्नु परेको विक्षिप्त मन छँदै छ। त्यसमाथि द्वन्द्वका बेला पाएका पीडाहरुले मन थिलोथिलो मन भएकाबेला विदेशीनुको पीडा भोग्नेलाई नै थाहा होला। त्यहाँ मात्र हैन उनी दुबई र अमेरिका समेत पुगेकी छिन्। नेपालबाट विदेशमा जानेहरुको पीडा पनि अनुभव गरेकी छिन् सरिताले।

‘अमेरिकामा मेसिन हो मान्छे,’ उनले आफ्नो अमेरिका बसाइको अनुभव सुनाउँदै भनिन्, ‘त्यँहाँ एक तहको मान्छे बाहेक अरुले घण्टाको पैसा पाउँछ भनेर काम गर्छन्। मैले पनि १६ घण्टा उभिएरमात्र काम गरेकी छु। त्यसरी घण्टाको हिसाबमा काम गर्न थालेपछि साहित्यलाई कसरी अंगालो हाल्नु। म त नेपालमा पनि पत्रकारिता गरेकी भएर हप्तामा एक दिन भए पनि पठाइरहन्थेँ। लेखिरहन्थेँ।’

आफ्नो देशमा रमाइरहेको एक व्यक्तिले देश छोडेर अरुको ठाउँमा मेसिन सरह काम गर्दा कतिपटक विष्णु माझीको ‘जेलै मा हो जेलैमा गीत’ स्मरण भयो होला। हुन त गीत भरखरै बजारमा आए पनि उक्त गीतको शब्दावली त त्यस्तै अवस्थाका व्यक्तिहरुको ओठबाट फूटेका शब्दहरु त होलान्। सरिताको अनुभवले पनि विदेशमा जेल जीवन बिताएको अनुभूति हुन्छ।

इजराइलमा भने अमेरिकाको भन्दा अलि फरक अवस्था रहेछ। केयर गिभर र फार्मिङमा गएकाहरु हप्ताको एक दिन भेला हुन्छन्। आफूले लागेको कुरा लेख्छन्, सुनाउँछन्, मनका वेदना साँट्छन्। उनी आफूले पनि लेख्नेकामलाई इजराइलमा छँदा राम्रोसँग गर्न पाएको बताउँछिन्। ‘बैदेशिक रोजगारीबाट फर्किएकाहरु साहित्यमा छन् भने त्यो इजराइलबाट फर्किको हुन्छ,’ साहित्यकार अर्यालले अनुभव सुनाउँदै भनिन्, ‘अन्य देशमा गएकाहरु भन्दा इजराइल गएकाहरु लेख्नमा सिपालु भएर आएका देखिन्छन्। मेरो साहित्य लेखनको विकास पनि इजराइलमै भएको हो।’

कथाकार भए पनि नियात्राले चिनायो

साहित्यकार अर्याल कथाकार हुन्। उनले ‘फर्केर हेर्दा, पुरुष’ कथा संग्रह बजारमा ल्याएकी छन्। साहित्यकार गाविन्दराज भट्टराईको उत्प्रेरणाले कथालेख्न थालेकी उनमा द्वन्द्वकालको नमेटिने क्षणले बेलाबेलामा तर्साइरहन्थ्यो। कथा संग्रहहरु बजारमा आएपछि उनको नियात्राको जन्म हुने पालो आयो।

‘माओवादीकै घर रहेछ। हामी त्यहाँ पुग्नु पहिला सोधेर गएका पनि रहेछन्,’ मेरो अपहरण नियात्राकी लेखिका साहित्यकार अर्यालले वास्तविकता सुनाइन्, ‘हामीलाई सुत्न पठाएर गहुँको छवालीले माथिबाट छोपिदिनु भयो। हुन त मैले आमा कहाँ कहाँ छोडेकी थिएँ। तर, त्यहाँ पनि आमा नै पाए जस्तो भयो। मेरै आमा अगाडि आएर उभिनु भयो जस्तै लाग्यो। माओवादीको अपहरणबाट भागेपछि बाँचिन्छ मरिन्छ थाहा थिएन। तर, बाँचियो।’

उनले पत्रकारितामा पुनः सुरुवाती गर्नु पर्ने हुनसक्छ भन्ने शंका मनमा पालिन्। साहित्यमा त स्मरणहरुले पनि समाजको गतिलाई भेट्न सजिलो हुन्छ भन्ने लागेर उनले साहित्य रोजिन्।

कथाबाट औपचारिक साहित्यमा प्रवेश गरेकी उनको नियात्रा ‘मेरो अपहरण’ले चिनायो। कालिकोट रिपोर्टिङका बेला तत्कालीन विद्रोही समूह माओवादीले अपहरण गरेको, अपहरणबाट बच्न सफल भएको, त्यो अवधि बीचको संघर्ष, कर्णाली नदिमाथिको भिरमा एक रुखमा टेकेको पाइला अर्को रुखमा टक्नु पर्ने बाध्यात्मक अवस्था, त्यहाँबाट कर्णालीदेख्दा मनमा खेलका भावनाहरुको संगालो उक्त नियात्राले सबैको मन जित्यो। ‘सबै वास्तविकता छ। मैले भोलिको पुस्तालाई इतिहास नै लेखेर राखेकी छु झै लाग्छ,’ उनले भनिन्।

पारस्पारिक भएका कारण पत्रकारिता छोडेँ र साहित्य रोजेँ

पत्रकारिता गरिरहेकी उनी बिचैमा छोडेर विदेशीनु पर्यो। अमेरिका, इजराइल र दुबई गरि तीन देशको बसाइले करिव ७ वर्ष खायो। सात वर्षको लामो अन्तरालपछि नेपाल फर्किएर पत्रकारिता नै गर्न गाह्रो भयो। पत्रकारितामा सात वर्षको ज्ञाप भएपनि सरिताको कलमले भने बिश्राम पाएको थिएन्। अमेरिका हुँदा पनि नेपाली विभिन्न पत्रपत्रिकामा आफ्नो लेख छपाएर लेखनलाई निरन्तरता दिएकी उनले पत्रकारिता छोडिन् तर लेखनी छोडिनन्।

सात वर्षको अन्तरमा नेपाली समाजले कोल्टो भेरिसकेको थियो। देशको राजनीतिक कोर्ष अन्त नै मोडिएको थियो। राजनीति र समाजले पत्रकारिता गराउँछ। यसैले नै साहित्यलाई यथार्थवादमा लेख्न सिकाउँछ। सरिताले पनि यी दुबै लेखनका पारस्पारिक विधालाई सँगै लैजान सकिनन्। उनले पत्रकारितामा पुनः सुरुवाती गर्नु पर्ने हुनसक्छ भन्ने शंका मनमा पालिन्। साहित्यमा त स्मरणहरुले पनि समाजको गतिलाई भेट्न सजिलो हुन्छ भन्ने लागेर उनले साहित्य रोजिन्।

‘म सात वर्षको अन्तरालमा नेपाल फर्केपछि धेरै कुरा परिवर्तन भएको थियो। राजनीति, समाज, अर्थव्यवस्था, जसले समाजमा महत्वपूर्ण भूमिका खेल्छ सबैले एक कदम अगाडि बढाइसकेका थिए,’ सरिताले भनिन्, ‘म अझै पत्रकारिता गरौँ भने ती सबै विषयवस्तुसँग ठूलो युद्ध गर्नु पथ्र्यो। मैले लेखनीलाई निरन्तरता दिने सोँच गरेँ। पत्रकारिता र साहित्य परस्परका भएका कारण पत्रकारिता छोडेँ र साहित्य रोेजेँ।’

अको साहित्यले मार्ग निदेशकको काम गर्नु पर्छ

साहित्य समाजको ऐना भनिन्छ। समाजलाई जस्ताको त्यस्तै देखाउने भएकाले पनि यसरलाई ऐना भनिएको हो। समाजमा भएका रहेक घटनाहरु जसरी समाचार बन्छन् त्यसै गरी साहित्य बन्छन्।

‘नेपाली साहित्य अझै नेपाली कथा गुरु प्रसाद मैनालीको पालाको झैं छैन। राम्रो कथा पढ्न पुरानै अवस्थामा फर्किनु पर्छ।’ नेपाली साहित्यको अवस्था र भविष्यको कुरा गर्दा उनले भनिन्, ‘पारिजातले लेखेका जस्ता कृतिहरु पुनः आएनन्।’

अहिलेसम्मको साहित्यले सामाजिक यथार्थतालाई लेखेको भन्दै उनले अबको साहित्य मार्ग निर्देशकका रुपमा अगाडि आउनु पर्ने धारणा राखिन्। ‘साहित्य समाजको ऐनामात्र रहेन्, अब मार्ग निर्देशकको रुपमा अघि बढ्नु पर्छ। अहिलेको साहित्यले भविष्यको समाजको नेतृत्व गरेको हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *