प्रदेश नं १ मा विगत लामो समयपछि सबैभन्दा कम सङ्क्रमण

डिसी नेपाल
२३ असोज २०७८ २०:१८

काठमाडौं । प्रदेश नं १ मा विगत लामो समयपछि आज सबैभन्दा कम कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण भएको हो । स्थानीय पालिकाअनुसार मोरङको सुन्दरहरैचामा तीन, जहदा, मिक्लाजुङ र बुढीगङ्गामा एकरएक, सुनसरीको धरान र इटहरीमा नौरनौ, दुहवीमा चार, इनरुवामा तीन, बराहक्षेत्र र स्थानीय तह नखुलेका एकरएक, झापाको भद्रपुरमा १२, दमकमा चार, बिर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमलगाउँपालिका र स्थानीय तह नखुलेका एक/एक, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै १४३ महिलासहित २७९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *