नक्कली टिकटको किनबेच गर्ने दुई जना पक्राउ

डिसी नेपाल
२५ असोज २०७८ ९:२७

काठमाडौं। बसपार्कमा बसको नक्कली टिकटको किनबेच हुने गरेको खुलासा भएको छ । टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा दैलेख आठविस नगरपालिका(४ का प्रकाश शाही र वीरेन्द्रनगर(६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकटसमेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुई टिकट काटिसकेको प्रहरीले फेला पारेको छ ।देउती नागरिक यातायात प्रालि लोगो र छाप बनाएर नक्कली टिकट किनबेच हुने गरेको फेला परेको हो । दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म १ हजार ८ सय ५० र सुर्खेत(जुम्ला २ हजार रुपैयाँ भाडा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *