१ नम्बरमा ९७ सङ्क्रमित थपिए

डिसी नेपाल
१ कार्तिक २०७८ १९:२५

काठमाडौं। प्रदेश नं १ मा ३१ महिलासहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा चार, उदयपुर र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण पुष्टि भएको हो । स्थानीय तहअनुसार झापाको विर्तामोडमा १२, मेचीनगरमा नौ, शिवसताक्षीमा चार, कनकाईमा तीन, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा दुई/दुई, गौरादहमा एक, मोरङको विराटनगरमा २१, सुन्दरहरैचामा तीन, बुढीगङ्गामा दुई, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनवर्षीमा एक/एक, सुनसरीको इटहरी र स्थानीय तह नखुलेकामा पाँच/पाँच, धरानमा तीन, भोक्राहानरसिंहमा एक, इलामको रोङमा दुई, इलाम नगरपालिका र माईमा एकरएक, उदयपुरको कटारी र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै ३१ महिलासहित ८५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पाँच महिलासहित छ जनाको मृत्यु भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *