१२० मा कोरोना सङ्क्रमण

डिसी नेपाल
२ कार्तिक २०७८ २२:५०

काठमाडौं।पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा पाँच, सङ्खुवासभामा दुई, पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण भएको हो ।

स्थानीय पालिकाका अनुसार झापाको विर्तामोडमा ११, दमकमा सात, बुद्धशान्ति र कनकाईमा पाँच÷पाँच, गौरादहमा तीन, भद्रपुर र मेचीनगरमा दुई/दुई, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका एक/एक, मोरङको विराटनगरमा २०, कटहरीमा तीन, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा दुई/दुई, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका एक/एक, सुनसरीको धरानमा आठ, इटहरीमा चार, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै इलामको इलाम नगरपालिकामा चार र चुलाचुलीमा एक, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका एक/एक, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेह्रथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा एक/एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै ८९ महिलासहित १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *