तोकिएको भाडा दर भन्दा बढी रकम लिने थिङ कारबाहीमा – Dcnepal

तोकिएको भाडा दर भन्दा बढी रकम लिने थिङ कारबाहीमा

काठमाडौँ । तोकिएको बढी भाडा लिने सुमोलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ ।

यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना १ ज ६६२४ नं को यात्रुवाहक सुमोलाई नियन्त्रणमा लिई कारबाही गरेको हो । हरेक वर्ष सुमो व्यवसायीहरुले विशेष गरि दशैं र तिहारमा मनोमानि ढङ्गले अत्याधिक भाडदर वृद्धि गर्दै आएका छन् । यो पटक पनि सुमो व्यवसायीले आफ्नै मनोमानि ढङ्गले भाडादर दोब्बर गरेको यात्रुहरुको गुनासो छ ।

बढी भाडा फिर्ता गरी उक्त सुमो र सुमो चालक जिल्ला मकवानपुर साबिक पदमपोखरी १ बस्ने बर्ष २९ को सुबास थिङलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो