बाल्टिमोरमा शिवहरिको हास्य, किरण, श्रृंखला र नारायणको प्रस्तुती
बाल्टिमोर, अमेरिका। अमेरिकाको बाल्टिमोरबासी नेपाली समुदायका लागि दशैं र तिहारको उपलक्ष्ममाबाल्टिमोर एशोसियशन अफ नेप्लिज इन अमेरिका– बानाले सांस्कृतिक—सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
अक्टोबर ३० शनिवार आयोजना गर्न लागिएको दशैं–तिहार विशेष साँझमा नेपालका चर्चित हास्य कलाकार शिवहरि पौडेलले व्यंग्य प्रस्तुति दिने भएका छन्। पौडेलसँगै लोक गायक नारायण रायमाझी र सिर्जना विरहीको प्रस्तुती रहने छ।
बानको कार्यक्रममा सन् २०१८ को मिस नेपाल विजेता श्रृंखला खतिवडा, सन् २०२१ को भ्वाइस अफ नेपालका विजेता किरण गजमेर र नायक दिलिप रायमाझीले पनि प्रस्तुति दिने वानाका महासचिव किरण ढकालले डिसी नेपाललाई बताए।
त्यसैगरी राजन ठकुरी, सपना गुरूङ, सम्झना गुरूङ, अपेक्षा सिह, रूवी पौडेल, कृपा ढकालसहित स्थानीय कलाकारहरुको प्रस्तुति हुने महासचिव तथा कार्यक्रम संयोजकढकालले जानकारी दिए।
बाल्टिमोर डाउन टाउनको प्रिस्टन हलमा बेलुका ७ बजेदेखि १२ बजेसम्म हुने सो कार्यक्रम यो क्षेत्रमा बस्ने सबै नेपालीहरुलाई उपस्थित हुन महासचिव ढकालले आग्रह गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment