प्रधानन्यायाधीश जिम्मेवार बन्न ट्रेड युनियनको अपील

डिसी नेपाल
९ कार्तिक २०७८ १७:२५

काठमाडौँ । अदालतभित्र देखिएका विकृतिको अन्त्य गर्ने सम्बन्धमा जिम्मेवार बन्न प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘‘अशोभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएका विकृति विसंगतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अबिलम्ब समूचित समाधान गर्न जोडदार माग गर्दछौं’ । साथै न्यायालयमा देखिएको समस्याको सही समाधानका लागि सम्पूर्ण न्यायकर्मी, कानून व्यवसायी, न्यायका उपभोक्ता, पत्रकार, नागरिक समाज तथा सरोकारवाला जनसमुदायलाई आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न समेत अपील गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *