हस्तकला व्यापार मेला हायात रिजेन्सी होटेलमा सुरु हुँदै

डिसी नेपाल
११ कार्तिक २०७८ २१:२४

काठमाडौँ ।यही मंसिर ३ गतेदेखि नेपाल हस्तकला महासंघको १८औं हस्तकला व्यापार मेला सुरु हुने भएको छ । यसवर्ष काठमाडौं हायात रिजेन्सी होटेलमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा बाह्यै बजारलाई पुनः चलायमान बनाउन यो मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा महासंघले गरेको छ । उक्त मेलालाई नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, विभिन्न संघसंस्थाहरूको पनि सहयोग रहेको छ । उक्त मेलामा हस्तकलालगायत विभिन्न वस्तुहरूको करिब १२० वटा स्टल रहने छ ।

मेलाको प्रमुख आकर्षणको रूपमा कला प्रतियोगिताअन्तर्गत नेच्यूरल फाइबर (प्राकृतिक रेसा) र फिलगिरी गरी दुई वटा विधामा प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दियो । नेपाली हस्तकला लगायतका अन्य उत्पादित सामानहरूको स्वदेशी तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्देश्य रहेको महासंघले जनाएको छ ।

हस्तकलाका सामाग्रीहरूको प्रचार प्रसार तथा उजागर गरी निर्यात व्यापार प्रवर्द्धन, नेपाली उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ता बीचमा व्यावसायिक सम्बन्ध विकास गर्नु आजको आवश्यकता रहेको महासंघको बुझाइछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *