२४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा, शिशुलाई ग्रीनसिटीको सहयोग

डिसी नेपाल
१२ कार्तिक २०७८ १६:३७

काठमाडौं ।सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले युसीएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ ।

क्लबले पाल्पाको माथागडी–१ चिदिपानीकी २४ वर्षीया सीता सार्कीको उपचारका लागि रु ४० हजार सहयोग गरेको हो । विपन्न सार्की परिवारलाई उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालमा पुगेर रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष गोविन्दप्रसाद गिरीले जानकारी दिए । कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका १ चिदीपानीकी उनले ९ गते दिउँसो ४ छोरीलाई जन्म दिएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।

उनका अनुसार मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *