ललितपुरमा ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने

डिसी नेपाल
१२ कार्तिक २०७८ १६:५९

ललितपुर । ललितपुर महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन पहिलो चरणमा महानगर क्षेत्रभित्रका ७४ वर्ष र सोभन्दा माथिका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिने भएको हो ।

चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताए । उनले भने, “यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने परिचयपत्र साथमा लिएर दिउँसो ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा आउन आग्रह गर्दछु ।” पहिलो दिन सो खोप सात वडा अर्थात् १ देखि ५ हुँदै २८ र २९ मा दिइने थापाले जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *