१० दिन बित्दासमेत डेनमार्कका नागरिकको शव उठेन

डिसी नेपाल
१२ कार्तिक २०७८ १८:४४

काठमाडौं ।मकालु हिमाल आरोहणका क्रममा डेनमार्कका नागरिकको मृत्यु भएको १० दिन बित्दासमेत शव उठेको छैन ।

गत कात्तिक १० गते मकालु हिमाल आरोहणका क्रममा मकालु गाउँपालिका–२ आधार शिविरभन्दा माथि शेर्पानिकोलमा डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको थियो ।

डेनमार्क नागरिक थोर्वजन एडर्शनको शव शेर्पानिकोलमै रहेको टोलीका सदस्य तथा नेपाली गाइड नीरज कार्कीले जानकारी दिए । डेनमार्कका नागरिक थोर्वजन शव ६ हजार दुई सय मिटरको उचाइको शेर्पानिकोलमा हिउँले पुरिएका कारण शव निकाल्न समस्या भएको कार्कीले बताए ।

थोर्वजन शव हेलिकप्टरमार्फत निकाल्न दुई पटक प्रयास गरे पनि हिउँका कारण नसकिएको कार्कीको भनाइ छ । बिहीबार हेलिकप्टरमार्फत घटनास्थल पुगे पनि प्रयास असफल भएको कार्कीले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *