विद्यार्थी नेता पौडेलको विशेष पहलमा एक लाख बराबरको स्वास्थ्य सामाग्री वितरण

डिसी नेपाल
१७ कार्तिक २०७८ १२:४७

काठमाडौं। विद्यार्थी नेता प्रदीप पौडेलको विशेष पहल र कलाकार अकाश क्षेत्रीको समन्वयमा एक लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको छ।झापाको बाहृदशी गाउँपालिका वडा नम्वर २ मा रहेको राजगढ स्वास्थ्य चौकीलाई कोरोना भाइरस रोकथामका लागि आवश्यक करीब १ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको छ।

बुधबार सामाग्री बितरण गर्दै नेता पौडेलले,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभाग काठमाडौंको सहयोगमा स्वास्थ्य साम्रागी वितरण गरिएको बताएका छन् उनले  एक कार्यक्रम आयोजना गरि स्वास्थ चौकीलाई अक्सिजन,कोन्सनटेटर मेसिन ,डिजिटल थर्मोटिर, पल्स अक्सिमिटर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, केएन ९५ मास्क, गाउन सेट, ग्लोब्स, फेससिल्ड , गम बुट , सेनिटाईजर लगायतका स्वास्थ्य साम्रागीहरु हस्तारन्तरण गरेका छन्।

‘कोरोना भाइरसको दोस्रो लहरले नागरिकको दैनिक अस्तव्यस्त र त्रसित बनाइरहेको छ।तेस्रो लहर आउन सक्ने खतरा पनि उत्तिकै छ,’ पौडेलले भने, ‘ त्ससकारण संक्रमण रोकथाम तथा नियन्त्रणमा सहज होस्,भनी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन विशेष पहल गरेको हुँ।’त्यस्तै,पौडेलले केन्द्र देखि स्थानिय सरकारलाई यथाशीघ्र सबै नागरिकलाई खोपको सहज सुनिश्चित गर्नुपर्ने भन्दै नेपालमा पछिल्लो दिनहरुमा संक्रमणदर पुनः उकालो लागेका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट प्रभावकारी भूमीका खेल्नुपर्ने बताएका छन्। पौडेल नेपाल विद्यार्थी संघ काेटेश्वर बहुमुखी क्याम्पसका पूर्व इकाइ सभापति हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *