नेपालले पायो ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड

डिसी नेपाल
१८ कार्तिक २०७८ १२:१२

काठमाडौं। कोरोना महामारी संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ ।विश्वचर्चित वन्डरलस्ट म्यागजिनले मंगलबार बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको हो ।

आयोजकले उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई हस्तान्तरण गरेको थियो । यो अवार्डका लागि नोमिनेशन भएका नौंवटा मुलुकहरूलाई उछिन्दै नेपालले यो अवार्ड पाएको हो ।पर्यटन मन्त्री प्रेमबहादुर आले, पर्यटन मन्त्रालयका सचिव यादव प्रसाद कोईराला, बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र ६ वटा नेपाली पर्यटन व्यवसायी कम्पनीहरू सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लूटिएम) मा सहभागी रहेको छ । सोही अवसरमा आयोजित अर्को एक समारोहमा नेपाललाई यो अवार्ड प्रदान गरिएको हो ।

नेपाल पर्यटन बोर्डले सो समयमा बोर्डले स्ट्रयान्डेड इन नेपालअनलाइन अभियान सञ्चालन गरी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी), जिल्ला प्रशासन कार्यालय,पर्यटक प्रहरी,स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *