प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण

डिसी नेपाल
१८ कार्तिक २०७८ २३:२७

काठमाडाैं ।गएको २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

सो सङ्क्रमण २३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा १०, इलाममा एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो ।

पालिका अनुसार झापाको दमकमा छ, विर्तामोडमा पाँच, भद्रपुर, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा दुई, गौरादह, अर्जुनधारा, बाह्रदशी र कमल र झापा गाउँपालिकामा एक/एक, मोरङको विराटनगरमा १२, उर्लाबारीमा दुई, बूढीगङ्गा र सुन्दरहरैचामा एक/एक, सुनसरीको इटहरीमा पाँच, इनरुवामा तीन, रामधुनी र धरानमा एक/एक, इलामको चुलाचुलीमा एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आजै ३३ महिलासहित ६७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक जना महिलाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *