गुर्जामा निःशुल्क स्वास्थ्य शिविर

डिसी नेपाल
१९ कार्तिक २०७८ १६:४८

काठमाडाैं ।म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कोरियन नागरिक जङयोङ चोल र लिङ जङ्भीको आर्थिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

शिविरको समन्वय गुर्जामा जन्मिएर पोखराको चरक अस्पतालमा कार्यरत डा लोकेन्द्र छन्त्यालले गरेका हुन् । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार शिविरमा स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । गुर्जा स्वास्थ्यचौकीका अनमी चोलमाया छन्त्यालले समेत सो कार्यमा सहयोग गरेका थिए ।

विगत वर्षमा नेपाल भ्रमणमा आउँदा गुर्जाको शिक्षा क्षेत्रमा सहयोग पु¥याउँदा आएका कोरियन नागरिकले यस वर्ष स्वास्थ्य शिविर आयोजना गरेका हुन् । रोजगारको सिलसिलामा कोरियामा बसेर फर्केका स्थानीय हिराबहादुर छन्त्याल र रेशम छन्त्यालको सक्रियतामा शिविर सम्पन्न भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *